कति छ एकीकृत पार्टीको सम्पत्ति ?

Oli prachanda11

काठमाडौं । एमाले र माओवादी एकीकृत पार्टी बनेपछि यि दुबै दलसँग भएका सम्पत्ति पनि अब एकीकृत पार्टीकै हुनेछ । दबै पार्टीको गरी करिब तीन अर्ब रुपैयाँ बराबरको सम्पत्ति रहेको बताइएको छ ।

एमालेसँग केन्द्रदेखि गाउँ, नगरसम्म करिब दुई अर्बको चलअचल सम्पत्ति छ । बल्खुमा नौ रोपनी एक आना जग्गा छ । त्यस्तै, पाँच अञ्चल र ६५ जिल्ला कमिटीका आफ्नै भवन छन् ।

माओवादी केन्द्रको चलअचल सम्पत्तिको यकिन तथ्यांक छैन । माओवादीको अधिकांश सम्पत्ति पार्टीसँग भन्दा पनि ब्यक्तिसँगै हुने गरेको र पछिल्लो समयमा ब्यक्तिले नै आफ्नो बनाएको भनेर आलोचना हुने गरेको छ ।

तैपनि, करिब एक अर्बको सम्पत्तिको अनुमान छ । पेरिसडाँडामा ६४ आना जग्गामा फैलिएको केन्द्रीय कार्यालयका दुईवटा भवन छन् । त्यहाँको ५६ आना जग्गा अखिल नेपाल ट्रेड युनियनको नाममा छ । धेरै जिल्लामा आफ्नै जग्गा र भवन पनि छ ।

प्रतिकृया दिनुहोस