बजेट १८ खर्ब हाराहारी, कर्मचारीको तलब बढ्ने संकेत

वित्तीय अनुशासन कमजोर भयो : डा शर्मा

Dipendra chhetri

काठमाडौं । पूर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्रीले सरकारले १८ अर्ब रुपैयाँको बजेट ल्याउन सक्ने बताएका छन् । बजेटमार्फत कर्मचारीको तलबमा बृद्धि हुने पनि क्षेत्रीले संकेत गरे । 

बिहीबार रिपोर्टस क्लबले आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्व गभर्नर क्षेत्रीले नयाँ बजेट कम्तिमा पनि १८ खर्बको बजेट आउन सक्ने बताएका हुन् । कार्यक्रममा बोल्दै उनले बजेट कार्यान्वयनको पक्षमा सरकारले ध्यान दिनुपर्ने बताए ।

उनले घर जग्गा दलालीहरुलाई करको दायरामा ल्याउनुपर्ने सुझाव दिए । त्यस्तै हालै सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकार तोडेकोले व्यवसायीहरु पनि करको दायरामा आउने भएकोले राजश्व वृद्धि हुने उनको विश्वास छ ।

महँगी वृद्धि कम गर्नको लागि सरकारले अब उत्पादनमा वृद्धि गर्नुपर्नेपनि उनले सुझाव दिए । उनले बजेटको ५० प्रतिशत स्थानीय तह तथा प्रदेश तहमा जाने बताए । त्यस्तै उनले पूर्ननिर्माण प्राधिकरणको लागि आउने वर्षको लागि डेढ खर्बको बजेट छुट्याउनुपर्ने सुझाव दिए ।

 वित्तीय अनुशासन कमजोर भयो : डा शर्मा

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् अर्थविद् डा. शंकर शर्माले नेपालमा पछिल्लो समय वित्तीय अनुशासन कमजोर रहेको बताए । उनले अल्पविकसित मुलुकबाट विकासशिल मुलुकमा पुग्नको लागि नेपाले तिव्र आर्थिक वृद्धि हाँसिल गर्नुपर्ने बताउँदै त्यसको लागि सरकारले उत्पादनमुखी कार्यक्रमहरुमा जोड दिनुपर्ने बताए । बजेट बनाउँदा प्राथमिकताहरु छुट्याउनुपर्ने उनको सुझाव छ ।

त्यस्तै उनले नेपालमा एडिबी र विश्व बैंकको सहयोग बढिरहेकोले नेपालले प्रोजेक्ट बैंकको तयारी गर्नुपर्ने बताए । उनले लुम्बिनी, पोखराजस्ता ठाउँमा पर्यटनको विकास गर्न कम्तिमा पनि प्रत्येक ठाउँमा दुई दुईवटा पूर्वाधार विकास गर्नुपर्ने बताए । त्यस्तै उनले तयारी अवस्थामा रहेका कार्यक्रमहरुलई अघि बढाउनुपर्ने पनि सुझाव थिए ।

प्रतिकृया दिनुहोस