प्राकृतिक विपत्तिबाट ज्यान गुमाएका परिवारलाई १ लाख दिने सरकारको निर्णय

Pm office cabinet mantriparisad

काठमाडौं । सरकारले विभिन्न प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका नागरिकका परिवारलाई एक लाख रुपैया राहत दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले मंगलबार राति तराईका धनुषा, महोतरी र सिरहा जिल्लामा परेको भिषण असिना पानीले पुर्याएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

बैठकले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएको परिवारलाई राहत स्वरुप १ लाख नगद र आवास निर्माणका लागि तत्काल २ बण्डल जस्ता उपलब्ध गराउने निर्णय पनि गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

त्यसैगरी सरकारले गत असार, साउनमा बाढि र डुवानमा परेकाहरुलाई राहत दिन १ अरब रकम निकासा पनि गरेको छ । प्रधानमन्त्री राहत कोषबाट गृह मन्त्रालयमा सो रकम निकासा गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पीडितलाई वितरण गर्ने व्यवस्था समेत गरिएको राज्यमन्त्री बास्कोटाले बताए ।

सरकारले ‘सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्नेसम्बन्धि नीतिगत मार्गदर्शन, २०७५’ लाई पनि स्विकृत गरेको छ । विकास, निर्माणको काममा बजेट बढाउन र उनुत्पादक क्षेत्रको खर्च कटौति गर्ने उद्देश्यका साथ यो मार्गदर्शन ल्याउनु परेको पनि राज्यमन्त्री बास्कोटाले स्पष्ट पारे ।

प्रतिकृया दिनुहोस