यातायात सुचारु भएपनि धरपकड जारी, महासंघका अध्यक्ष पक्राउ

Yogendra

काठमाडौँ । सरकारले यातायात क्षेत्रको सिन्डिकेट विरुद्ध आक्रमक कदम चालेपछि आत्तिएका व्यवसायीले शनिबार यातायात खुला गरेका छन् । तर, सरकारले व्यवसायी विरुद्धको धरपकड भने रोकेको छैन ।

शनिबार प्रहरीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यसहित ५ सदस्यलाई पक्राउ गरेको छ ।

सिन्डिकेट पक्षधर व्यवसायीले शुक्रबार देशभर सार्वजनिक यातायात ठप्प पारेपछि गृहमन्त्री रामबहादुर थापाले यातायात संघ र समितिका पदाधिकारीसहित सिन्डिकेट पक्षधर यातायात व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।

सरकारको निर्देशनमा महानगरीय अपराध महशाखाबाट खटिएको टोलीले उनीहरुलाई शनिबार बैठक गरिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा अध्यक्ष कर्माचार्य, वरिष्ठ उपाध्यक्ष विजय स्वार, उपमहासचिव वसन्त भण्डारी, कोषाध्यक्ष किरण खड्कालगायत छन्। उनीहरुलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।

 

प्रतिकृया दिनुहोस