लक्ष्यभन्दा ९४ हजार क्विन्टल कम धान खरिद

Dhan

काठमाडौँ । नेपाल खाद्य संस्थानले लक्ष्यभन्दा कम धान खरिद गरेको छ । गत वर्ष २ लाख ७६ हजार क्वीन्टल धान खरिद गर्ने भने पनि जम्मा १ लाख ८१ हजार ३३६ क्वीन्टल धान खरिद गरिएको संस्थानका विभागीय प्रमुख श्रीमणिराज खनालले जानकारी दिए ।

उनका अनुसार कृषकबाट धान नआएकोले लक्ष्यभन्दा ९४ हजार क्वीन्टल कम धान खरिद भएको हो । संस्थानले धनगढीबाट ४४ हजार ६१७ क्वीन्टल, राजापुरबाट एक हजार ९४६क्वीन्टल महेन्द्रनगरबाट एक हजार १८८ क्वीन्टल, नेपालगञ्जबाट १३ हजार १०८ क्वीन्टल, लहानबाट ५६ हजार ७५२ क्वीन्टल, जनकपुरबाट चार हजार १५४ क्वीन्टल , वीरगञ्जबाट २९ हजार ९९८क्वीन्टल, विराटनगरबाट नौ हजार ९९५ क्वीन्टल र विर्तामोडबाट १९ हजार ५७८ क्वीन्टल धान खरिद गरेको छ ।

विभागीय प्रमुख खनालले गत मंसिरदेखि धान खरिद गदैआइरहेकामा अहिले पनि खरिदका लागि खुला राखिएको बताए । संस्थानले मोटो धान प्रतिक्वीन्टल १ हजार ९५०, मध्यम दुई हजार, मसिनो सोना २ हजार ३७५ देखि तीन हजार १ सय सम्म, जीरा धान २ हजार ५२५ देखि ३ हजार  सय सम्म मूल्य राखेको थियो ।

प्रतिकृया दिनुहोस