गैंडाको खागसहित चार जना पक्राउ

Khag

बुटवल । बुटवलमा गैंडाको खागसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तस्करीमा संलग्न उनीहरुलाई केन्द्रिय अनुसन्धान ब्युरोको सुचना र सहयोगमा बुटवलको राजमार्ग चौराहबाट खाग सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बाग्लुंग का ऋषिराम न्यौपाने, स्याङ्जा वालिंगका बिजय बिक्रम खाण र सुन्दर श्रेष्ठ तथा गल्याङका सन्दिप बराल रहेका छन् । उनीहरुले खाग बेच्ने भन्दै ग्राहकसँग डेढ करोडमा बार्गेनिङ गरी रहेका बेला रंगेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिल्ली नारायण पाण्डेले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि जिल्ला बन कार्यालय पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...