शेयर बजार : ८ अंकले घट्यो

Share market

काठमाडौँ । गत सातादेखि नै निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज पनि ८ अंकले घटेको छ ।

नेपाल स्टक एक्स्चेन्जकाअनुसार नेप्से परिसूचक ८.२१ बिन्दुले ओरालो लागेर एक हजार ३४९.०१ बिन्दुमा पुगेको हो ।

यस्तै ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.१ अंकले घटेर २८४.९६ बिन्दुमा पुगेको छ ।

कूल १६१ कम्पनीको नौ लाख ६६ हजार ८२९ कित्ता शेयर  ४० करोड ३५ लाख ४८ हजार ६८ मूल्यमा कारोबार भएको हो । कारोबार रकमसमेत गत साताको पहिलो दिनको तुलनामा कम हुन पुगेको छ । गत आइतबार ५० अंकले बढेको बजारमा रु एक अर्ब बढीको कारोबार भएको थियो ।

स्टकका अनुसार पाँच उपसमूहको शेयर बढेको छ भने समान पाँच उपसमूहको शेयर ओरालो लागेको छ । त्यसमा व्यापार ०.७६, होटल ३५.१८, विकास बैंक ४.४३, बीमा २.४१ र उत्पादन समूह ८.१८ बिन्दुले बढेको हो तर बैंकिङ ११.६, जलविद्युत् १.२३, वित्त समूह ५.८१, अन्य ८.७ र माइक्रोफाइनान्स समूह ४.०७ बिन्दुले ओरालो लागेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...