२९ अंकले घट्यो शेयर बजार

Stock

काठमाडौँ । शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । लगातार घट्दै आएको बजार आज २९.२५ अंकले ओरालो लागेर नेप्से परिसूचक एक हजार ३५७ बिन्दुमा आइपुगेको हो ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ६.०६ बिन्दुले कमी आई २८७.०६ बिन्दुमा आइपुगेको छ ।

कूल १ सय ५९ कम्पनीको १३ लाख ३८ हजार ७ सय ३७ कित्ता शेयर ६३ करोड ८४ लाख ४३ हजार ३ सय ६३ मूल्यमा खरिद बिक्री भएको स्टकले जनाएको छ ।

स्टकका अनुसार बैंकिङ २१.४२, होटल ४७.०९, विकास बैंक ३४.७५, जलविद्युत् ४६.६८, फाइनान्स ११.६१, बीमा २३१.१२, उत्पादन ३७.४१, अन्य १२.५४ र माइक्रोफाइनान्स समूह ४३.२६ अंकले ओरालो लागेको थियो । साताको पहिलो दिन गत आइतबार ५० अंकले बढेको बजार त्यसपछि भने लगातार ओरालो लाग्दै कारोबार बन्द भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...