तथ्यांकमा मात्रै धनी ! वास्तविकता...

Dhani nepali

काठमाडौं । केही समयअघि मात्र अर्थमन्त्री डा. युवराज खतिवडाले स्वेतपत्र जारी गरेर नेपालको आर्थिक अवस्था कमजोर बन्दै गएको उल्लेख गरे । अर्थमन्त्री डा. खतिवडाको स्वेतपत्र आएको महिना दन ननाघ्दै तथ्यांक विभागले नेपालीको आय स्रोत बढेको तथ्यांक पेश गरेको छ ।

तथ्यांक विभागका अनुसार प्रतिव्यक्ति नेपालीको वार्षिक आय ११ हजार ३ सय ४ रुपैयाँ बढेको छ । गत वर्षको प्रतिव्यक्ति आय ९२ हजार ३१ रुपैयाँ थियो ।

यो वर्ष १ लाख ३ हजार ३ सय रुपैयाँ पुग्ने तथ्यांक विभागले जनाएको छ । नेपालको अर्थतन्त्रमा १३.७९ प्रतिशत मात्रै वृद्धि भएको बुधबार सार्वजनिक गरिएको तथ्यांकले देखाएको छ भने जीएनआई १२.२८ प्रतिशतले वृद्धि भएको छ ।

विभागका अनुसार शिक्षा, स्वास्थ्य, निर्माण तथा सामाजिक क्षेत्र, थोक तथा खुद्रा व्यापारमा आएको बढोत्तरीसँगै नेपालीको प्रतिव्यक्ति आय बढेको हो । अर्थमन्त्रीको स्वेतपत्रमा नेपालीको आय घट्दै गएको देखाउँछ । तर, तथ्यांक विभाले भने एकै वर्षमा १ सय ३८ डलरले आय बढ्ने दावी गरेको छ । तथ्यांक विभागले समग्र आर्थिक क्षेत्रको गणना गरिरहेको छ ।

पछिल्ला वर्षहरुमा नेपालीको आयस्रोत भनेको रेमिट्यान्स मुख्य हो । तर, वाम गठबन्धनको सरकार बनेपछि त्यसमा खासै सुधार आएको छैन । बैंकहरु धरासायी बन्दै गएका छन् भने आर्थिक गतिविधि शुन्यसरह छ । यस्तो अवस्थामा तथ्यांकमा मात्रै नेपाली धनी बन्दै गइरहेको अनुमान गर्न कुनै आइतवार कुर्नु पर्दैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...