चार करोड हिनामिना गरेको आरोपमा लेखा अधिकृत पक्राउ

Arest11

उदयपुर । कटारी नगरपालिकाका लेखा अधिकृत रवीनचन्द्र ढकाल चार करोड रुपैया हिनामिना गरेको आरोपमा पक्राउ परेका छन् । नगरपालिकाको सामाजिक सुरक्षा भत्ता अन्तर्गतको चार करोड रुपैया हिनामिना गरेपछि आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठ सामाजिक सुरक्षा भत्ताको कोषमा रहेको चार करोड हिनामिना भएको पाएपछि आफैंले अख्तियारलाई खबर गरेर पक्राउ गर्न लगाएको जानकारी दिए ।

सामाजिक सुरक्षा भत्ताको रु चार करोड राष्ट्रिय वाणिज्य बैंक, कटारीमा जम्मा भएको र उक्त रकम ढकालले कटारी नगरपालिकाका कार्यकारी अधिकृत पुण्यप्रसाद लुइँटेलको किर्ते सही गरेर काठमाडौंको थापाथलीस्थित राष्ट्रिय वाणिज्य बैंकबाट निकालेको खुलेको प्रमुख श्रेष्ठले बताए ।

बैंकको खातामा तीन दिनदेखि रकम नभएको र लेखा अधिकृत ढकाल समेत फरार रहिआएका थिए । आज काठमाडौँबाट ढकाललाई अख्तियारको सहयोगमा पक्राउ गरिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...