बारामा २ अर्ब मूल्य बराबरको गहुँ उत्पादन

Wheat

कलैया । यस वर्ष बारामा करीब २ अर्ब मूल्य बराबरको गहुँ उत्पादन भएको छ ।

खाद्यान्न बालीमा दोस्रो स्थानमा रहेका गहुँबाली बारामा आव ०७४/७५ मा कूल २९ हजार हेक्टर क्षेत्रफलमा गरिएको थियो ।

नेपाल २ सय ९७, भृकुटी, विजय, आदित्य, नेपाल ९ सय ७१ र डब्लु १४ सय ४ जातको गरिएको गहुँखेतीबाट प्रतिहेक्टर दुई दशमलव ८० मेट्रिक टनले १ अर्ब ९४ करोड ८८ लाख बराबरको ८१ हजार २ सय मेट्रिक टन गहुँ उत्पादन भएको छ । कलैयामा प्रतिक्विन्टल २ हजार ४ सय मा बिक्री भइरहेको छ ।

गत वर्ष ०७३/७४ मा कृषकले कूल २९ हजार हेक्टर क्षेत्रफलमा विभिन्न जातको गहुँखेती गरी प्रतिहेक्टर दुई दशमलव ८५ मेट्रिक टनका दर २ अर्ब २३ करोड १५ लाख ५० हजार मूल्य बराबरको ८२ हजार ६ सय ५० मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।

प्रतिकृया दिनुहोस