कस्तो हुन्छ स्मार्ट पार्किङ ?

Iot based automated parking systems

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पार्किङलाई व्यवस्थित गर्नका लागि स्मार्ट पार्किङ निर्माण गर्ने जनाएको छ । पहिलो चरणमा न्यूरोडमा निर्माण गरिने यस किसिमको पार्किङ अत्यन्तै सुविधासम्पन्न हुन्छ ।

यस पार्किङबाट सहजरुपमा सवारीसाधनको व्यवस्थापन गर्न सकिने कामपाले विश्वास लिएको छ ।

पहिलो चरणमा परीक्षणका रुपमा निर्माण गर्ने उक्त पार्किङको प्रभावकारिता हेरी अन्य स्थानमा निर्माण गरिने कामपा सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेले जानकारी दिए ।

कोही व्यक्ति न्यूरोड जाँदै हुनुहुन्छ भने अन्य कुनै स्थानबाट पहिलेनै सवारी पार्किङका लागि स्थान सुनिश्चित गर्न सकिन्छ । कुनै कारणवस अन्य व्यक्तिले पहिलेनै बुक गरिसकेको भए सो स्थानमा सवारीसाधन पार्किङ गर्न लगेमा सवारीसाधन त्यस स्थानमा राख्न सकिने छैन ।

दर्ता गरेको सवारीको नम्बर सही छ वा छैन भनी सेन्सरले जाँच गर्ने भएकाले दर्ता भएको सवारीसाधन मात्र पार्क सर्न सकिन्छ । जुन सवारीसाधनको नम्बर दर्ता भएको छ उक्त सवारीसाधनले मात्र उक्त स्थानमा पार्किङको सुविधा लिन पाउने काफ्लेले जानकारी दिए ।

न्यूरोडमा विशालबजार अगाडि रहेको खाली स्थानमा पार्किङ निर्माण गर्ने तयारी कामपाको छ ।

काठमाडौं महानगरपालिकाकोआर्थिक वर्ष ०७४र७५ को नीति तथा कार्यक्रममा ‘भर्टिकल कार पार्किङ र अन्डरग्राउन्ड पार्किङ’ समावेश गरिएको छ ।

महानगरले न्युरोडको धर्मपथमा र टेकुमा स्मार्ट सवारी पार्किङ बनाउने योजना अघि सारेको छ । उपत्यकाको अनियन्त्रित र अव्यवस्थित पार्किङलाई सुधार्न स्मार्ट पार्किङको अवधारणा ल्याइएको हो ।

महानगरले स्मार्ट पार्किङ बनाउन धर्मपथमा १ रोपनी ११ आना र टेकुमा सात रोपनी क्षेत्रफलको जग्गा उपलब्ध गराउने जनाएको छ ।

प्रतिकृया दिनुहोस