पञ्चेश्वरबारे छलफल गर्न नेपाल र भारतीय अधिकारीबीच आज बैठक

Hydro

काठमाडौं । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाबारे सहमति जुटाउन भारतीय बिज्ञ टिम नेपाल आएको छ । २३ वर्षदेखि चर्चामा रहेर पनि गति लिन नसकेको आयोजनालाई अगाडि बढाउन नेपाल र भारतका जलस्रोत अधिकारीको संयुक्त बैठक आजदेखि काठमाडौंमा शुरु हुँदैछ ।

पञ्चेश्वर विकास प्राधिकरणको नीति तथा कार्यक्रम तथा आर्थिक विषयलाई एकरुपता दिइ आयोजना अगाडि बढाउने लक्ष्यका साथ संयुक्त बैठक हुन लागेको हो ।

पञ्चेश्वर आयोजनाको विस्तृत परियोजना प्रतिवेदनमा मतैक्यता कायम हुन सकेको छैन । आयोजनाबाट उपलब्ध हुने पानीको विषयमा दुई देशबीच विवाद छ ।

भारतीय पक्षले तल्लो शारदा बाँधमा उपलब्ध हुने पानीको मात्रामा तलमाथि हुन नहुने विषय उठाउँदै आएको छ भने नेपालले समानताका आधारमा पानी उपलब्ध हुनुपर्ने अडान राख्दै आएको छ ।

यही कारण विस्तृत परियोजना प्रतिवेदन टुंगिन सकेको छैन । बैठकले यिनै विवादित विषयमा सहमति जुटाउने अपेक्षा गरिएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गुरुङले बैठकमा प्राधिकरणको प्रशासनिक, आर्थिक तथा कानूनी विषयमा छलफल गर्ने र सहमति जुटाउने कार्यसूची रहेको जानकारी दिए ।

त्यस्तै विस्तृत परियोजना प्रतिवेदनका सम्बन्धमा समेत आवश्यक सहमति जुटाउन अर्को बैठकको मितिसमेत तय गर्ने विश्वास लिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत २३ गतेदेखि २५ गतेसम्म गरेको भारतको राजकीय भ्रमणमा क्रममा आयोजनाबारे कुराकानी हुने अनुमान गरिएको थियो । तर यसबारे छलफल भएन ।

विगत २३ वर्षदेखि आयोजना चर्चामा आए पनि कुनै ठोस प्रगति हुन सकेको छैन । यस पटकको बैठकलाई फलदायी बनाएर आयोजना अगाडि बढाउने सोच नेपाल पक्षले गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...