इक्यान निर्वाचन सम्पन्न, कसले मार्ला बाजी ?

Ekyan photo

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को निर्वाचनमा शनिबार मतदान सम्पन्न भएको छ । बिहान १० बजेबाट सुरु भएको निर्वाचन साँझ पाँच बजे सकिएको हो । अध्यक्ष प्रकाश पाण्डेले पहिलो मतदान गरेका थिए ।

निर्वाचनमा तीन सय ४३ जनाले मतदान गरेका छन् । मतदाता व्यवसायीहरुको संख्या तीन सय ७७ रहेको थियो । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गरिएको छ ।
१८ सदस्यीय कार्यसमितिमा ९ पदाधिकारी र ९ सदस्य निर्वाचनबाट चयन हुनेछन् । विधान अनुसार दुई सदस्य निर्वाचित अध्यक्षले मनोनीत गर्नेछन् । निर्वाचनमा अध्यक्षका लागि विष्णुहरि पाण्डे र सरोजकुमार बस्नेत समूह प्यानल नै बनाएर चुनावी मैदानमा छन् ।

पाण्डे समूहको उपाध्यक्षमा देवीदास भट्टराई, खड्ग ताम्लिङ लिम्बु र सपना राजभण्डारी छन् । महाचिवमा शेषराज भट्टराई उम्मेदवार छन् । समूहले सचिवमा दीपकराज भुसाल र श्याम कँडेललाई अघि सारेको छ । कोषाध्यक्षमा गोविन्द अधिकारी र सह–कोषाध्यक्षमा निरुपमा महर्जन उम्मेदवार छन् । यस्तै सदस्यहरुमा प्रकाश श्रेष्ठ, पुष्पराज भट्टराई, कर्णबहादुर गुरुङ, यज्ञविलास पौड्याल, बालकृष्ण श्रेष्ठ (बिके), महेश श्रेष्ठ, बासुदेव दाहाल, सुदन चौहान र शुष्मा आचार्य छन् ।

यस्तै, बस्नेत समूहको उपाध्यक्षमा राजेन्द्र रिजाल, महेशबाबु तिमल्सिना र उमेश ढुंगेल रहेका छन् । महासचिवमा सन्तोष प्याकुरेल, सचिवमा विक्रम के।सी र ज्ञानेन्दमान जोशी, कोषाध्यक्षमा सुर्यबहादुर डाँगी, सह–कोषाध्यक्षमा राकेश श्रेष्ठ रहेका छन् । सदस्यहरुमा प्रशान्त शाह, मणिराम रावत, दीपक कोइराला, सुनीता श्रेष्ठ, नवराज खत्री, हरिराम लामिछाने, सोभित श्रेष्ठ र मोनोरम शाह रहेका छन्

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...