सिन्डिकेट तोड्न यातायातका सबै समिति भंग

Sindicate yatayat

काठमाडौं । यातायात व्यवसायी समितिका नाममा वर्षौंदेखि हुँदै आएको सिन्डिकेट तोड्न सरकारले व्यवसायीका सबै समिति भंग गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकल व्यवसायीका समितिहरु भंग गर्दै अब कम्पनीका रूपमा दर्ता गरेर मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

यसअघि पटक–पटक समिति भंग गर्ने प्रयास भए पनि व्यवसायीकै दबाबमा सरकारले निर्णय गर्न सकेको थिएन ।

यातायात व्यवसायी समिति जिल्ला प्रशासन कार्यालयमा गैरसरकारी संस्थाको हैसियतमा दर्ता हुँदै आएका थिए ।

अब जिल्ला प्रशासन कार्यालयमा यस्ता समिति दर्ता हुने छैनन् । ‘यातायात व्यवसायी समिति अब रहने छैनन्, नाफामूलक काम गर्नेले गैरसरकारी संस्थाको हैसियतमा काम गर्न पाउँदैनन्,’ सञ्चार एवं सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले भने, ‘समितिको नाममा हुने गरेका आवञ्छित गतिविधि नियन्त्रण गर्न यो निर्णय भएको हो ।’ असारदेखि सबै यातायात कम्पनीमा दर्ता हुनुपर्ने उनले जानकारी दिए ।

यता, व्यवसायीहरुले भने सिन्डिकेट कायमै राख्न आन्दोलनको घोषणा गरिसकेका छन् । यातायात व्यवसायी राष्टिय महासंघले यही वैशाख २० गते देखि भद्रगोल तरिकाले यातायातका साधन सञ्चालन गर्ने र २६ गतेदेखि यातायात सेवा नै ठप्प पार्ने निर्णय गरिसकेका छन् ।

तर, यातायातको सिन्डिकेट तोड्न सरकार भने कठोर हुने संकेत देखाएको छ । सरकारले नै यातायातका साधन सञ्चालन गर्ने र गाडी नचलाउने व्यवसायीलाई कारबाही गर्ने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...