६० हजारले अवलोकन गरे ‘फ्लोर एक्स्पो’ ६२ लाखको कारोबार

Puspa

काठमाडौं । चैत ३० गते देखि सुरु भएको २१औं फ्लोर एक्स्पो ६२ लाख बराबरको कारोवार गर्दै सम्पन्न भएको छ । पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि ‘स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका मेलाको आयोजना गरिएको थियो ।

पुष्प व्यावसायीहरुको छाता संस्था फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा भएको सो मेलामा करिव ६० हजार भन्दा वढिले अवलोकन गरेको मेला संयोजक तथा एसोसिएसनका उपाध्यक्ष रामजी तिमिल्सिनाले जानकारी दिए ।

उक्त एक्स्पोमा नेपाल सरकार कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोग तथा पुष्प विकास केन्द्रको सहकार्य रहेको मेलामा १० वटा अफिसिल स्टल, १ वटा प्रतियोगितात्मक प्रदर्शनीका स्टल, ४ वटा ल्याण्डस्केपिङ्गका स्टल, ६५ वटा व्यवसायीक स्टल र २ वटा फूडस्टल गरि जम्मा ८२ वटा स्टल रहेका थिए ।
त्यसैगरि, एक्स्पोमा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रविधि र विषादीका प्रदर्शनी तथा विक्री कक्ष समेत राखिएको एसोसिएसनका अध्यक्ष कुमार कसमु श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार मेलामा बहुवर्षे फुलहरु, फलफूलका विरुवा, सिजनल विरुवा वढि विक्री भएका छन । त्यस्तै, नर्स्रिमा आवशयक पर्ने औजारहरु तथा प्राङंगारिक मलको पनि विक्रि वढि भएको छ । हरेक वर्ष एक्स्पो आयोजना हुदै आएपनि यसपालिको मेला ढिलो सञ्चालन भएकाले नयाँ वर्ष तथा अन्य चांडपर्वहरुले गर्दा अपेक्षा अनुसार व्यापार तथा परुगति हुन नसकेको व्यावसायीहरुले गुनासो गरेका छन ।

फूलको उतपादन वढेपनि वजारिकरणको लागि प्रदर्शनी स्थलको अभावले तथा विक्रि केन्द्रको अभावले उचित प्रचार प्रसार हुन सकेको पुष्प व्यावसायीहरुले बताएका छन । पुष व्यावसायको विस्तारको लागि तथा फूलमा नेपाललाई आत्म निर्भर वनाउने भन्दै सरकारले अनुदान दिने गरेको भएपनि व्यावसाय विस्तार गर्न काठमाडौं भन्दा वाहिरको जग्गा धितो राखेर ऋण लिन नपाएको कारण व्यावसाय विस्तार गर्न नसकेको व्यावसायीहरु बताउछन ।

नेपालमा बिस २०११ बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय काठमाडौंमा मात्र केन्द्रित नभएर धनगढी, पोखरा, नारायणघाट, हेटौंडा, बुटवल, विराटनगर, धरान, झापा लगायतका क्षेत्रमा विस्तार भईसकेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

एसोसिएसनका अनुसार गत आब २०७३-७४ सम्म आई पुग्दा ४१ जिल्लामा लगभग ६ सय ७८ ठाँउमा १ सय ५३ हेक्टर क्षेत्रफलमा पुष्प खेति भईरहेको छ, भने करिव ४३ हजार भन्दा बढिले यस क्षेत्रवाट रोजगारी पाएका छन । गत वर्षमा मात्र १ अर्व भन्दा बढिको कारोबार गर्न सफल भएपनि आब २०७३-७४ मा १० करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएकोे छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...