सनम शाक्य हत्यामा व्यापारीदेखि नेतासम्म तानिए, १७ जना पक्राउ

Sanam shakya 1

विराटनगर । ३३ केजी सुन काण्डमा संलग्न भनिएका सनम शाक्यको हत्या अनुसन्धानका क्रममा सुन व्यापारीदेखि नेतासम्म अनुसन्धानको दायरामा तानिएका छन् । सनमको हत्या आंशकामा ३८ जना व्यक्ति अनुसन्धानमा तानिएको प्रहरीले जनाएको छ ।

हत्या आंशकामा तानिएकाहरुको सबै सम्पत्ती रोक्का गरी अनुसन्धान थालिएको छ । हत्या अनुसन्धान गर्न प्रहरीले हालसम्म १७ जनालाई पक्राउ गरेको छ । अनुसन्धान तानिएका २१ जना भने फरार छन् ।

सुनकाण्डमा शाक्यको हत्या पश्चात घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयका सहसचिव इश्वर पौडेलको नेतृत्वमा एक टोली गठन गरिएको थियो । सहसचिव पौडेलको टोली पूर्वी नेपाल आएपछि ३८ जनाको सम्पती रोक्का गरी उनीहरुमाथि अनुसन्धान थालेको प्रहरी उच्च स्रोतले जनाएको छ ।

गत चैत २६ गते मोरङबाट पक्राउ परेका १७ जनाविरुद्ध अनुसन्धानकालागि म्याद थप गरिएको छ । त्यसबाहेकका अन्य २१ जनामाथि प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीको फरार सूचीमा ३३ किलो सुन आयात र सनन शाक्य हत्या प्रकरणमा नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’ पनि छन् । गोरेका केही आफन्त पनि प्रहरीको खोजी सूचीमा परेका छन् ।

प्रहरीले नियन्त्रणमा लिइएका १७ जनाविरुद्ध जिल्ला अदालत मोरङमा ‘संगठित अपराध तथा अपहरण गरी कर्तब्य ज्यान’ मुद्दामा म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाइएको छ भने अन्य २१ जनाविरुद्ध पनि सोही मुद्दामा खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले धरानबाट ‘चाचाजी’ भन्ने महाबिर गोल्यान, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, सम्बिर प्रसाद तोलाङे, हेमन्त गौतम, पुण्यप्रसाद लामा, विरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर, राजु महर्जनलाई नियन्त्रणमा लिएको छ ।

त्यस्तै मोहन काफ्ले, नरेन्द्र कार्की र टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा र माधव भनिने मदनप्रसाद घिमिरे छन् । जिल्ला अदालत मोरङबाट उनीहरुमध्ये गोल्यानलाई चैत २५ गतेबाट १६ दिन र अन्यलाई चैत २६ गतेबाट लागू हुने गरी १५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

सनमको हत्या आंशकामा खोजी सूचीमा रहेका चुडामणि उप्रेती (गोरे), रमेश उप्रेती, नर्वदा खरेल उप्रेती (निरु), मोहनकुमार अग्रवाल ९एमके०, रक्षा भण्डारी, प्रयास पराजुली, रोहित आचार्य, कृष्ण बस्नेत, मोहमद उस्ताम मिया ९रुस्तम०, भविन राई ९तामाङ०, कमल कार्की, सन्दिप खड्का, चेतन भण्डारी, सुनिल अग्रवाल, प्रमोद श्रेष्ठ, डोलेन्द्रप्रसाद खरेल, दावा शेर्पा, भोजराज भण्डारी, दुर्गा खरेल (उप्रेती), भीमकुमारी खरेल, सुरेन्द्र गौतमको सम्पूर्ण कारोबार रोक्न अदालतले अनुमति दिएको हो । उनीहरु सबै धरान, इटहरी, विराटनगर र झापा निवासी हुन ।

तस्करी गरी ल्याएको सुन बाटोबाटै हराएपछि तस्करहरुले खोजीका लागि यातना दिनेक्रममा भरिया सनम शाक्यको मृत्यु भएको बताइन्छ । १९ फागुनमा सनमकोे शव राखिएको स्कारपियो गाडी विराटनगर–३ मा फेला परेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...