सुधीर बस्नेतबाट ठगिएकाको रकम फिर्ता प्रकृया सुरु

१० अर्ब रकम डुबेको पीडितहरूको दावी

Sudhir basnet

काठमाडौं । थुनामा रहेका व्यवसायी सुधीर बस्नेतबाट ठगिएका पीडितहरुलाई डुबेको रकम फिर्ताका लागि माग दाबी आह्वान गरिएको छ ।

बस्नेतले सञ्चालन गरेको ओरेन्टल को–अपरेटिभका बचतकर्ता र अपार्टमेन्ट खरिद गर्नेका लागि आफ्नो डुबेको रकम फिर्ता पाउन पूर्वन्यायधीश गौरबहादुर कार्की अध्यक्ष रहेको समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिले माग दावी गर्न आह्वान गरेको हो ।

समितिलाई सरकारले समस्याग्रस्त सहकारी संस्थामा डुबेको सर्वसाधारणको रकम फिर्ता गर्ने जिम्मा दिएको छ । ओरेन्टल सहकारीका बचतकर्ता र अपार्टमेन्ट किन्नेहरुले जेठ ६ गतेसम्म आफ्नो माग दावी पेश गर्न सक्ने अध्यक्ष कार्कीले जानकारी दिए ।

यसैगरी विराटनगर, वीरगञ्ज, ललितपुर, भक्तपुर, पोखरा, नेपालगन्ज, सुर्खेत, धनगढीका जिल्ला समन्वय समितिको कार्यालयमा आवेदन दिन सकिनेछ ।

सार्वसाधारणको करोडौं रकम ठगेका घरजग्गा व्यवसायी बस्नेत थुनामा छन् । उनलाई अदालतले २ वर्ष कैद र ४५ लाख जरिवानाको फैसला सुनाएको छ ।

बस्नेतले विभिन्न १४ वटा बैंकबाट १ अर्ब ६० करोड र सहकारी, सर्वसाधारण र व्यवसायीसँग लिएको करिब ७ अर्ब रुपैयाँ चुक्ता बाँकी रहेको अनुमान छ । पीडितहरूले भने आफूहरूको १० अर्ब रकम डुबेको दावी गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...