बारामा भिषण आगलागी, १४ घर जलेर नष्ट

Aaglagi

कलैया । बारा जिल्लाको महागढीमाई नगरपालिका–११ मधुरी जब्दीमा लागेका भिषण आगलागीबाट १४ वटा घर जलेर नष्ट भएका छन् । आगलागीमा परि पाँच वटा चौपाया समेत मरेका छन् ।

स्थानीय भजन रामको घरबाट सल्लकेको आगोबाट धुरेन्द्र राम, रामजी राम, सुरेश राम, रामविश्वास रामलगायत १४ जनाको घर पूर्णरुपमा जलेर नष्ट हुँदा रु २५ लाख ७० हजारको नोक्सान भएको प्रहरी प्रवक्ता भुनेश्वर साहले जानकारी दिए । 

घरमा रहेको अन्नपात, लत्ताकपडा, काठ, भाँडाकुँडा, गरगहना, नगद रुपैयाँसमेत जलेर नष्ट भएको छ । खाना पकाएर आगो ननिभाएका कारण आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

पाँचवटा पक्की घर, पाँच वटा फुस, चार वटा खपडाको घर जलेको प्रहरीले बतायो । घर प्रायः सबैजसो दलित समुदायका व्यक्तिको नै रहेका छन् ।
घटनाको खबरपछि जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक साहको नेतृत्वमा गएको प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय बासिन्दा, कोल्हवी, वीरगञ्ज र कलैयाबाट आएको वारुण यन्त्रको सहयोगमा दुई घण्टापछि आगो नियन्त्रणमा आएको प्रवक्ता साहले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...