एन आई सी को २०७५ सालको क्यालेन्डर सार्वजनिक

Logo

काठमाडौँ । एन आई सी एशिया बैँकले नयाँ वर्षको पुर्वसन्ध्यामा २०७५ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैँकका बैँकका अध्यक्ष तुलसीराम अग्रवालले एक समारोहका बीच बैँकको आफ्नो रजिष्टर्ड कार्यालय, थापाथलीमा नयाँ सालको क्यालेन्डर सार्वजनिक गरेका हुन् ।

क्यालेन्डर सार्वजनिक गर्दै अग्रवालले नयाँ वर्ष २०७५ सालको शु–अवसरमा सम्पूर्ण ग्राहक, सेयरधनी, नियमनकारी निकाय, कर्मचारी वर्ग र प्रत्यक्ष एवं अप्रत्यक्ष तबरबाट जोडिएका सबै वर्गहरुमा नव वर्षको शुभकामना व्यक्त गरे ।

उक्त कार्यक्रममा बैँकका निवर्तमान अध्यक्ष जगदीश प्रसाद अग्रवालले अन्य सञ्चालक र बैँकका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने लगायतका उच्च पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

हाल मुलुकभर गरी बैंकका १९२ शाखा कार्यालयहरु, १९६ एटीएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखा रहित बैंकिङ्ग मार्फत मुलुककै सबैभन्दा धेरै सञ्जाल मार्फत् बैँकले आफ्नो सेवाहरु प्रदान गरिरहेको छ । यससँगै वासलातको आकार, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले बैंक निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहन सफल भएको छ । साथै, संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

 

प्रतिकृया दिनुहोस