एनआईसी बैंकले आइएफसीसँग ऋण लिएर लगानी गर्ने

Nic samjhauta

काठमाडौं । एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बाट ऋण लिएर नेपालमा लगानी गर्ने भएको छ ।

सरकारले लक्ष्य राखेको आर्थिक वृद्धि हासिल गर्न चाहिने कर्जाको मागलाई पूर्ति गर्न आन्तरिक स्रोतबाट मात्र नसकिने अवस्था आएपछि एनआएसी एशिया बैंकले आइएफसीसँग ऋण लिएर उत्पादनमूलक काममा लगानी गर्न लागेको हो ।

दीर्घकालीन ऋण प्रवाहका लागि बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र आईएफसीका आवासीय प्रतिनिधि रोहन रशिदबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।

आइएफसीबाट दीर्घकालीन कर्जा लिनका लागि बैंकले राष्ट्र बैंकसँग स्वीकृति माग समेत गरिसकेको छ । अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालीन कर्जा लिन पहल थालिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विद्यमान तरलता अभावको अवस्था तथा शोधनान्तर खातामा परेको उच्च चाप जस्ता कारणहरुले स्वदेशी बजारबाट मात्र पर्याप्त स्रोत परिचालन गर्न नसकिने बैंकले जनाएको छ । आइएफसीबाट आएको पैसा राष्ट्र बैंकले तोकेको क्षेत्रमा लगानी गर्ने कामु सिइओ न्यौपानेले बताए ।

प्रतिकृया दिनुहोस