गैडाकोटमा एआइसी एसियाको खुल्यो नयाँ शाखा

Nic asiya bank new brance

नवलपरासी । नवलपरासीको गैडाकोटमा एनआईसी एशिया बैंकको नयाँ शाखा खुलेको छ ।

गैंडाकोट नगरपालिका– ४ कांग्रेस चोकमा सोमबारदेखि नयाँ शाखा खुलेको हो । सो नयाँ शाखाको गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल तथा बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले संयुक्तरूपमा उदघाटन गरे ।

अब मुलुकभर १९२ शाखा, १९५ एटीएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङमार्फत् सेवा प्रदान गर्ने एनआईसी एशिया मुलुककै सबैभन्दा ठूलो सञ्जाल भएको बैंक बनेको छ ।

बैंकको वासलातको आकार १५५ अर्ब भन्दा बढी पुगेको छ भने कुल कर्जा करिब १०७ अर्ब र कुल निक्षेप करीब १३१ अर्ब पुगिसकेको छ । यससँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारका हिसाबले निजी लगानीमा स्थापित बैंकहरू मध्ये पनि यो बैंक अग्रणी स्थानमा रहेको छ ।

सो शाखाको उद्घाटन कार्यक्रममा बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्याल, बैंकका कायममुकायम कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने लगायतले बैंकले आमसर्वसाधारणको वृहत्तर हितप्रति समर्पित उत्कृष्ट बैंकिङ सेवा एवं सुविधाहरू प्रदान गर्दै आइरहेको एवं राष्ट्रकै अग्रणी वाणिज्य बैंकको रूपमा स्थापित भएको दाबी गरे ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...