दोहोरो अंकले घट्यो शेयर बजार

Sher bajar

काठमाडौँ । लगातार ओरालो लाग्दै आएको शेयर बजार आज पनि दोहोरो अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १०.६३ बिन्दुले ओरालो लागेर एक हजार २२०.४४ बिन्दुमा आइपुगेको छ । यो हालसम्मकै न्यून गिरावट हो ।

‘‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.९९ बिन्दुले ओरालो लागेर २६०.४१ बिन्दुमा पुगेको छ । आज कूल १५८ कम्पनीको १० लाख ७७ हजार ७४९ कित्ता शेयर ४३ करोड ८२ लाख ५६ हजार १३४ मूल्यमा कारोबार भएको छ । स्टककाअनुसार नौवटै सूचक समेत ओरालो लाग्दा बजार प्रभावित भएको हो ।

आज बैंकिङ ३.९६, होटल ५९.४५, विकास बैंक १०.७९, जलविद्युत् २५.२४, फाइनान्स ०.८, बीमा १२०.७, उत्पादन ३३.०६, अन्य ५.२७ र माइक्रोफाइनान्स समूह १९.२५ बिन्दुले आरोलो लागेको छ । बुधबार पनि शेयर बजार २४.४० अंकले ओरालो लागेको थियो ।

आरम्भको शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्जमा आरम्भ माइक्रो फाइनान्सको प्राथमिक शेयर सूचीकृत भएको छ । सो फाइनान्सको ६ लाख कित्ता शेयर सूचीकृत भएको स्टकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...