६ करोडको तेजपात उत्पादन

उदयपुर । जिल्लामा यस वर्ष ६ करोड मूल्य बराबरको तेजपात उत्पादन भएको छ । जिल्लाका हर्देनी, सिरिसे, मयङ्खु, लेखानी, तावाश्री, लेखगाउँ, बाहुनीटार, डुम्रे, भलायाडाँडालगायत क्षेत्रमा व्यावसायिक रुपमा तेजपात उत्पादन हुँदै आएको सहायक वन अधिकृत लालबाबु यादवले बताए ।
जिल्लाको मध्य पहाडी क्षेत्रको रौता, मुर्कुची, सल्ले, आँपटार, साउने, खाँबु र चौदण्डी क्षेत्रमा समेत व्यावसायिक रुपमा तेजपातको खेती हुँदै आएको छ । खाँबुका कृषक कर्ण मगर तेजपातको उचित मूल्य पाउन नसकेको बताउँछन् । तेजपात बिक्रीका लागि विराटनगरसम्म पठाउने गरिएको उनको भनाइ छ ।
प्रतिकृया दिनुहोस