विश्वप्रकाश शर्मा भन्छन्, गठबन्धनमा असन्तुष्टी बढेको मात्रै हो (पूर्णपाठसहित)

Biswaprakash sharma

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जारी महासमिति बैठकमा समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भएको उल्लेख गरेका छन् ।

महामन्त्री शर्माले महासमिति बैठकमा १० बुँदे राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै केन्द्रीय कार्यसमिति बैठकमा प्राप्त सुझावका आधारमा थप एवम् परिमार्जनसहित राजनीतिक प्रस्ताव पेस गरको हुन् ।

महामन्त्री शर्माले भनेका छन्, ‘संघर्ष र संविधानसभाको मार्गबाट आएको नेपालको वर्तमान संविधाननै सबै चुनौती हल गर्दै मुलुकलाई समुन्नतीको उचाईंमा पुराउने भरपर्दो माध्याम हो भन्ने तथ्यमा नेपाली कांग्रेस स्पष्ट छ ।’

महामन्त्री शर्माले लोकतन्त्रको विकल्प स् समुन्नत लोकतन्त्र, समुन्नत लोकतन्त्रका लागि : लोकतान्त्रिक संस्कृति, गठबन्धन स् फरक मतको चुनौतीपूर्ण सहयात्रा, सरकारमा सहभागिता : उपलब्धि, चुनौती र अपेक्षा, नेपालमा सुशासन : चरित्र, चुनौती र निदान, नागरिकमा असन्तुष्टि : कारणको चुरो र निवारणको जरो, राज्य र राजनीतिको साझा कार्यभार, राजनीतिले चिन्नु पर्ने, चिर्नु पर्ने र सहकार्यमा गाँस्नु पर्ने नेपाली समाजको बहुआयामिक मनोविज्ञान, व्यवस्थामा परिमार्जन, अवस्थामा रूपान्तरण र नीति, विधि र तिथिको जगमा १५ वर्षे सपना शीर्षकमा १० बुँदे राजनीतिक प्रस्ताव पेस गरे ।

महामन्त्री शर्माले अहिलेको गठबन्धन फरक मतको चुनौतीपूर्ण सहयात्रा भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘पटक पटकको संसद् विघटन र संविधानको रक्षाका लागि मुख्य दलहरू गत निर्वाचनमा एक भएर मैदानमा होमिएका थिए । त्यो गठबन्धनबाट उपलब्धि हासिल भएको छ तर, पनि असन्तुष्टि र चुनौतीहरू बढ्दै गएको देखिन्छ ।’

प्रतिवेदनमा महामन्त्री शर्माले हालको गठबन्धन आगतको सम्झौता नभई विगतले बोकाएको अभिभारा भएको उल्लेख गरेका छन् । एकल बहुमत कसैको नभएको संसद्मा गठबन्धनलाई कायम राखेरनै देश र जनताको हितमा काम गर्नुपर्ने अभिभार कांग्रेसको रहेको बताएका छन् ।

‘वर्तमान अवस्थामा नेपाली समाजमा देखिएका असन्तुष्टी र पीडाको पहिचान यही समाजले बनाएको सबैभन्दा ठूलो दलको महासमिति बैठकले गर्नुपर्छ र त्यसलाई क्रमशस् समाधान गरेर जाने संकल्प र दृढता राख्नुपर्छ,’ उनले लेखेका छन् । महामन्त्री शर्माले राजनीतिक प्रतिको विकर्षण अन्त्य गरि देशप्रति भरोसा वृद्धि गर्ने, छिमेकी मित्रराष्ट्रहरूसँग वृहत्तर सहकार्य गर्ने, पर्यावरण रक्षा सहित भौतिक विकासमा जोड दिने, शिक्षा क्षेत्रमा सुधार गर्ने कार्यभार कांग्रेसको जिम्मेवारी रहेको बताए ।

यदाकदा उग्र राष्ट्रवाद देखिने गरेको उल्लेख गर्दै महामन्त्री शर्माले भने, ‘उग्र राष्ट्रवादका कारण बाह्य लगानीको वातावरणलाई विगतमा परेका असरहरूले छोडेका प्रभावको पृष्ठभूमिमा फेरि त्यस्तो स्थिति आउन नदिन गम्भीर सर्तकता अपनाउन जरूरी छ ।’

यस्तो छ प्रतिवेदन :

प्रतिकृया दिनुहोस