आजदेखि ‘समुदायमा कांग्रेस’ अभियान सुरु, औपचारिक कार्यक्रम नहुने

Nepali congress

काठमाडौं । आजदेखि नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु भएको छ । शहीद दिवसको अवसर पारेर कांग्रेसले आजदेखि औपचारिक रुपमा अभियानको सुरुआत गरेको हो ।

नेकपा एमालेको ग्रासरुट अभियान, झुलाघाट–चिवाभन्ज्याङ समृद्धि यात्रा, माओवादी केन्दको रुपान्तरण अभियानपछि कांग्रेसले १० दिने अभियान शुरु गरेको हो । समुदायमा कांग्रेस अभियान ६ हजार ७४३ वडामा एकैसाथ सुरु भएको हो । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार हिमाल, पहाड र तराईको मौसम अनुसार बिहानै कार्यक्रम सुरु भएका छन् ।

२६ गतेसम्म सञ्चालन हुने अभियानमा नेताहरूले जनताका कुरा सुन्नेछन् । तर, औपचारिक कार्यक्रम भने हुने छैनन् । अभियानका लागि ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि र ७ वटै प्रदेशमा शीर्ष नेताहरु खटाइएको छ । यसअघि एक महिनाका लागि तय भएको कार्यक्रम राष्ट्रिय सभा निर्वाचनका कारण कांग्रेसले छोट्याएको हो ।

अभियानको क्रममा पार्टीका जनप्रतिनिधि, नेताले गरेका काम चित्त बुझे नबुझेको स्थानीयसँग जानकारी लिने छ । ‘गाउँका सामान्यभन्दा सामान्य व्यक्तिसँग हामी अनौपचारिक रुपमा भलाकुसारी गछौँ,’ उनले भने, ‘मुख्यगरी अब जनतामा बढेको निरासा के होरु यसको समाधान कसरी गर्ने, त्यो पहिल्याउन अभियान सुरु गर्न लागिएको हो ।’

समुदायमा कांग्रेस अभियानका लागि नेताहरु जिल्ला र वडा तहमा खटिसकेका छन् । यही अभियानअन्तर्गत महामन्त्री गगनकुमार थापाले हुलाकी राजमार्ग वरपरका जिल्लामा ‘संवाद यात्रा’ सुरु गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

किशोरीहरुलाई दिइयो आत्मरक्षा तालिम

Vaktapur news

भक्तपुर । भक्तपुरका ४४ जना किशोरीहरुलाई पाँंचदिने आत्मरक्षा तालिम दिइएको छ । तालिममा सहभागी किशोर...