भुकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा कम्तीमा ७२ जनाको मृत्यु, सयौं घाइते

Vukamp jajarkot

काठमाडौं । शुक्रबार राति जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पमा परेर कम्तिमा पनि ५० जनाको मृत्यु भएको छ । भूकम्पले संरचना भत्किँदा सयौँ घाइते भएका छन् ।

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्पले भुकम्पले जाजरकोट र रुकुम पश्चिममा धेरै मानवीय र भौतिक क्षति गरेको छ । अहिलेसम्म जाजरकोटमा ३७ र रुकुमपश्चिममा ३५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको पनि भूकम्पमा परेर मृत्यु भएको छ । सदरमुकाम खलंगास्थित घरमा सु सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख डीएसपी किशोर श्रेष्ठले जानकारी दिए ।

भूकम्पमा परेर रुकुमको आठविसकोट नगरपालिकामा मात्रै कम्तिमा १४ जनाको मृत्यु भएको छ भने रुकुमकै सानीभेरी गाउँपालिकामा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अहिलेसम्म जाजरकोटको भेरी नगरपालिकामा ९ जना र कुशे गाउँपालिकामा ७ जनाको मृत्यु भएको पुष्टि भएको छ । नलगाड नगरपालिकाकी उपप्रमुखको सदरमुकामै रहेको घर भत्किँदा उनको मृत्यु भएको हो । उनी गत चुनावमा कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।

भुकम्पमा परी रुकुम पश्चिममा मात्रै मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ । आठविसकोटमा एकैघरका ६ जना सहित १० जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी नवराज अधिकारीका अनुसार भूकम्पमा परी कम्तीमा ५० जना घाइते भएका हुन् ।

रुकुम पश्चिमका आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । भूकम्पले घर र गोठहरु भत्किएका छन् भने सडकहरु पनि अवरुद्ध भएका छन् । मध्यपहाडी लोकमार्गमा सुक्खा पहिरो खसेर बाटो अवरुद्ध र त्यसलाई पन्छाउने काम जारी छ । पालिकाभित्रका अन्य सहायक सडकहरुमा पनि सुक्खा पहिरो गएको छ ।

‘जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको शक्तिशाली भूकम्पको धक्का काठमाडौँसहित देशैभरजसो महसुश गरिएको थियो ।

प्रतिकृया दिनुहोस