मुगुमा एकै घरका ४ जनाको हत्या, प्रहरीद्धारा अनुसन्धान शुरु

Crime scene

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका -६ को मन्दुमा एकै परिवारका ४ जना मृत भेटिएका छन् ।

श्रीदेवी बोहोरासहित उनका दुई छोरा र एक छोरीको हत्या गरिएको अवस्थामा शव भेटिएको छ । प्रहरीका अनुसार मृत्यु हुने अन्यमा श्रीदेवीकी ११ वर्षीया छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र ८ महिनाका छोरा रहेका छन् ।

प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हुनसक्ने देखिएको जिल्ला प्रहरी कार्यालय, मुगुले जनाएको छ । घटना कम्तिमा दुई दिनअघिको हुनसक्ने अनुमान गरिएको छ ।

‘परिवारका सदस्यले श्रीदेवीलाई नभेटेपछि खोज्दै आएका रहेछन्, त्यसक्रममा घरमा आउँदा रगत देखेपछि प्रहरीलाई खबर गरेका हुन्’, जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी वीरेन्द्र थापा भने, ‘शुक्रबार बिहान पौने १० बजेतिर खबर आएपछि घटनास्थलमा पुगेर अनुसन्धान थालेका छौं ।’

श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाहिर कतारमा रहेका छन् । ८ गते बिहानदेखि ताला लगाएको देखेपछि छिमेकीले शुक्रबार बिहान ९ बजेतिर ढोका खोल्दा चारै जनाको विभत्स रुपले हत्या भएको अवस्थामा गाउँलेहरुले देखेका थिए ।

हत्या गरिएकी महिलाले लगाएको गहनासमेत निकालिएकोले धनमालसमेत चोरी भएको हुनसक्ने प्रहरीले जनाएको छ । अहिले प्रहरीले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिकृया दिनुहोस