घटस्थापनाकै दिन १ रुपैयाँले घट्यो पेट्रोलियम पदार्थको मुल्य, अब पेट्रोलको मुल्य १७३ पर्ने

Petrol pump

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।

स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

यो सँगै अब काठमाडौंमा पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ। निगमले छुट्याएको वर्ग अनुसार काठमाडौं तेस्रो वर्गमा पर्छ । सो वर्गमा दिपायल र पोखरा पनि समावेश छ। यहाँ डिजेलको मूल्य १६८ रुपैयाँ कायम भएको छ ।

पहिलो वर्गमा रहेको (चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्ज) स्थानमा पेट्रोलको मूल्य १६९.५० र डिजेलको मूल्य १६५.५० कायम भएको छ । दोस्रो वर्गमा रहेको (सुर्खेत र दाङ) मा भने पेट्रोलको मूल्य १७१ र डिजेलको मूल्य १६७ कायम भएको छ ।

 

 

प्रतिकृया दिनुहोस