सोमबारदेखि दशैंको अग्रिम टिकट बुकिङ शुुरु हुने, २० लाख यात्रुले काठमाडौं छाड्ने आँकलन

Tikat buking

काठमाडौं । दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ २२ असोजबाट खुल्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा २२ गतेबाटै दसैँका लागि टिकट खुलाउन व्यवसायी तयार भएका हुन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले सरकारले सडकका खाल्डा खुल्डी पुर्ने र व्यवसायीले बसको व्यवस्थापन गरी टिकट खुलाउने निर्णय भएको जानकारी दिए ।

‘पूर्वाधार मन्त्री, यातायात व्यवस्था विभागका महानिर्देशकको समन्वयमा अग्रिम टिकट खुलाउन तयार भएका हौं,’ स्वारले भने, ‘गाडी थप गर्ने र व्यवस्थापन गर्ने जिम्मेवारी हाम्रो हुन्छ ।’

काठमाडौं उपत्यकाबाट दसैँको समयमा २० लाख यात्रु बाहिरिने गरेको विगतको तथ्यांक रहेको छ । यात्रुलाई सहजताका लागि प्रहरीसँग समन्वय गरी केन्द्रहरु स्थापना गर्ने निर्णय समेत भएको छ । व्यवसायीले सडक मर्मत र भाडा बढाएपछि मात्रै अग्रिम टिकट खुलाउने बताउँदै आएका थिए ।

प्रतिकृया दिनुहोस