हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई मात्र ५ सय जरिवाना !

Acharya shress bastab

जनकपुरधाम । उत्तेजक अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका हिन्दु धर्मगुरु आचार्य श्रीनिवास रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनलाई ५ सय रुपैयाँ जरिवाना तिराएर रिहा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले जानकारी दिए । श्रीनिवासले आफू आवेशमा आएर गलत अभिव्यक्ति दिएको प्रहरी समक्ष स्वीकार गरेको डीएसपी अवाको भनाइ छ ।

आचार्य श्रीनिवासलाई सुनसरीको बराहक्षेत्र नगरपालिकाको चक्रघट्टीस्थित आश्रमबाट सुनसरी प्रहरीको सहयोगमा पक्राउ गरेर कन्द्रीय अनुसन्धान ब्युरोले बुधबार साँझ धनुषा पुर्‍याएको थियो । हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई घृणा फैलाउने र भड्काउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले मंगलबार पक्राउ गरेको थियो।

असोज १२ गते जनकपुरधाममा भएको विरोध कार्यक्रममा हिंसात्मक अभिव्यक्ति दिएका उनलाई मुद्दा दर्ता गरेर अनुसन्धान सुरू गरेको हो । श्रीनिवासले केही दिनअघि जनकपुरमा हातमा नांगो खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउने गरी विवादस्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्ने अभिव्यक्ति दिँदै आएका श्रीनिवासले यसअघि पनि मोरङ प्रहरीले २०७५ वैशाख २४ मा पक्राउ गरेको थियो । उनलाई २०७४ चैतमा विराटनगरस्थित जतुवाको एक मन्दिरमा सहयोगी माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई आफैंमाथि गोली प्रहार गर्न लगाएका थिए ।

 

 

प्रतिकृया दिनुहोस