निषेधित क्षेत्र नयाँ वानेश्वरमै समाजवादी कांग्रेसले राख्यो कालो व्यानर

Sambidhan ko borodh

काठमाडौं । संविधान जारी भएको ८ वर्ष पूरा हुँदा आज देशभर संविधान दिवस मनाइँदै छ । तर आफैं संविधान बनाउने घोषणा गरेको नेपाल समाजवादी कांग्रेसले काठमाडौंको बानेश्वर चोकमा कालो व्यानर राखेर संविधान दिवसको विरोध गरेको छ ।

पार्टी स्थापना कालदेखि नै संविधानसभाद्धारा जारी गरिएको संविधान असंवैधानिक रहेको बताउँदै आएको समाजवादी कांग्रेसले प्रत्येक वर्ष संविधान दिवसका दिनलाई कालो दिनको रुपमा लिने गरेको छ । सोही क्रममा उसले नयाँ बानेश्वरस्थित संसद भवन अगाडी रहेको आकासे पुलमा कालो व्यानर राखेर संविधानको विरोध गरेको हो ।

बानेश्वर क्षेत्र निषेधित क्षेत्र पनि हो । काठमाडौंकै विभिन्न स्थानहरुमा भव्यरुपमा संविधान दिवस मनाइरहँदा यो क्षेत्रमा आज बिहान साँढे ७ बजे कालो व्यानरमा ‘संघीयता धोका हो, २०७२ को संविधान खारेज गरौं, नेपाल समाजवादी कांग्रेस जिन्दावाद’ लेखिएको छ ।

जनताले लामो समयको त्यस, वलिदानर संघर्षबाट ल्याएको गणतन्त्र र त्यसपछि बनेको संविधानसभाले ल्याएको संविधानलाई अहिलेसम्मकै उत्कृष्ठ संविधान भनिन्छ । तर, समाजवादी कांग्रेसले भने २०७२ सालको संविधानलाई धोका भन्दै आएको छ । संवैधानिक प्रजातन्त्र, हिन्दु राज्य, संवैधानिक राजसंस्था लागयतका मा राख्दै आन्दोलन गरिरहेको छ । सोही क्रममा समाजवादी कांग्रेसले पूर्ण निषेधित क्षेत्र भनिएको सिंहदरवार क्षेत्रभित्र पनि पटकपटकप्रदर्शन गरिसकेको छ ।

‘आज असोज ३ गते । नेपाल आमाको सिंगो शरीर टुक्रा टुक्रा पारेर क्षत बिक्षत बनाइएको, नेपाली जनताको धर्म संस्कृति समाप्त गरिएको, देशमा धार्मिक सामाजिक द्वन्द बिजारोपणको मजबुद चरित्र स्थापित गरिएको, मुलुकभित्र सामन्तवादी अतिबाद स्थापित गरिएको छ’, नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले भने, ‘देशबिरुद्ध नेपालको संविधान २०७२ नामक दस्तावेज घोषणा गरिएको दिन नै नेपाल र नेपालीको लागि कालो दिन हो । प्रत्येक नेपालीले आजको दिनलाई कालो दिनको रुपमा स्मरण गर्नुपर्छ ।’

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो ।

सङ्घीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गरेका थिए । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...