श्रद्धाञ्जलीका लागि नेम्वाङको शव एमाले पार्टी कार्यालयमा राखिने, बुधबार अन्त्येष्टि

Suwash nembang

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शव बुधबारसम्म नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ ।

एमाले उपमहासचिव विष्णु रिमालका अनुसार उनको शवलाई पार्टी कार्यालयमा पुर्‍याइनेछ । आज १२ बजेपछि श्रद्धाञ्जलीको कार्यक्रम राख्ने एमालेको तयारी छ । नेम्वाङका दुई छोरा विदेशमा रहेकाले उनीहरू आएपछि मात्र अन्त्येष्टि गरिने बताइएको छ ।

पूर्वसभामुख समेत रहेका नेम्वाङलाई राति १ बजे हृदयघात भएको थियो । त्रिवि शिक्षण अस्पताल पुर्‍याउने वित्तिकै चिकित्सकहरुले मृत घोषित गरेका थिए ।

उनको निधन भएको खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत शीर्ष नेताहरु अस्पताल पुगेका छन् । अहिले शिक्षण अस्पतालमा एमाले नेता तथा कार्यकर्ताको भीड लाग्न थालेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...