बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच एक घण्टासम्म वार्ता

Prachanda kp vet

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार वार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबीच दिउँसो पौने २ बजेदेखि एक घण्टासम्म वार्ता भएको हो । प्रधानमन्त्री दाहाललाई भेट्न अध्यक्ष ओली पौने २ बजे प्रधानमन्त्रीको कार्यालय पुगेर एक घण्टापछि बाहिरिएका थिए ।

दुई नेताबीचको भेटका क्रममा भएको कुराकानीबारे केही खुलेको छैन । यद्यपि प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणहरुको सेरोफेरोमा छलफल भएको हुन सक्ने बुझिएको छ ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र प्रधामन्त्रीको आसन्न अमेरिका र चीन भ्रमणबारे कुरा भएको हुन सक्ने बताइएको छ । भेटघाटपछि अध्यक्ष ओली बालकोटतिर लागेका छन् भने प्रधानमन्त्री प्रचण्ड नयाँबानेश्वरस्थित एभरेस्ट होटलमा भइरहेको एक कार्यक्रममा सहभागी भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...