एकीकृत समाजवादीले बनायो एमसीसी कार्यान्वयनको अनुगमन गर्न अनुगमन समिति

Cpn united socialist yakikrit samajbadi

काठमाडौं । नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयनको अनुगमन गर्न ५ सदस्यीय अनुगमन समिति बनाएको छ ।

पार्टीको सोमबार बसेको सचिवालय बैठकले एमसीसी अनुगमन समिति बनाउने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइएको हो । समितिको अन्य सदस्यमा गंगालाल तुलाधार, जगन्नाथ खतिवडा, गरिमा शाह र एकजना विषय विज्ञ रहने छन् ।

एकीकृत समाजवादीले संयुक्त राष्ट्रसंघको महासभा र चीन भ्रमणको एजेण्डाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने निर्णय पनि गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...