बढ्यो पेट्रोलियम पदार्थको मुल्य, खाना पकाउने ग्यासमा एकैपटक बढ्यो २३५ रुपैयाँ

Petrol pump

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । खाना पकाउने ग्यासको पनि मुल्य बढाएको छ । वृद्धि भएको मूल्य आज मध्यरातिदेखि नै लागू हुनेछ ।

नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेलरमट्टितेलमा ३ रुपैयाँ बढाइएको हो ।

खाना पकाउने ग्यासमा भने एकैपटक २३५ रुपैयाँ मूल्य बढेको आयल निगमले बिहीबार साँझ विज्ञप्तिमार्फत जनाएको छ ।

नयाँ मूल्य अनुसार ग्यास प्रतिसिलिन्डर १ हजार ८९५ पुगेको छ । यसअघि ग्यास सिलिन्डरको १ हजार ६६० थियो । यसअघि पेट्रोल काठमाडौंमा प्रतिलिटर १८२ र डिजेलरमट्टितेल प्रतिलिटर १७० पुगेको छ । पेट्रोल १७८ र डिजेलरमट्टितेल १६७ रुपैयाँ थियो ।

हेर्नुहोस् निगमको निर्णय

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...