ओली भन्छन्, सरकारको हिम्मत भए यती, ओम्नी र गिरीबन्धु टी–इस्टेट लगायतका प्रकरणमा छानबिन गरोस्

पोखरेललाई थुन्दा पानीट्यांकीभरी पैसा लुकायो रे, कहाँ गयो त त्यो पैसा ?’

Kp sharma oli

काठमाडौं । सरकारले धमाधम भ्रष्टाचारमा संलग्नहरुलाई कारवाही प्रक्रिया अगाडी बढाइरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यती, ओम्नी र गिरीबन्धु टी–इस्टेट लगायतका प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् ।

सोमबार राजधानीमा आयोजित जनप्रतिनिधिसँग केपी ओली कार्यक्रममा बोल्दै उनले यी प्रकरणमा छानबिन गर्दा पनि आफूलाई फरक नपर्ने बताएका हुन् । आफूलाई ललिता निवासको विषयमा आरोपित गरिरहेको भए पनि अहिले आफैं त्यसमा फँसिरहेको उनको भनाइ छ । ओलीले गिरिबन्धु टी इस्टेटको जग्गा पहिले कानुनविना बिक्री भएकामा आफूले कानुन बनाएर व्यवस्थित गरेको दाबी गरे ।

‘त्यतिबेलादेखि अहिलेसम्म छानबिन गर भनिराखेका छौं त । के यती होल्डिङस, यती होल्डिङस भनेर कराइरहेको, वाइडबडी, गर न त छानबिन अनि जाऊ आफैं जेलमा’, उनले भने, ‘वाइडबडीको छानबिन गर, जेल जाऊ । अस्तिसम्म ललितानिवास ललिता निवास भन्दै थिए । अहिले कस्तै भागारे भाग छ । कोही यताबाट कोही उताको ढोकाबाट भागाभाग छ ।’

‘अहिले चिया बगान निस्केको छ । गर न छानबिन, विना कानुन ०५३ सालमा १९ विघा जमिन बेच्न दिइएको थियो कमिसन खाएर, त्यसको छानबिन गर । ०६० कि कति सालमा बिना कानुन ५१ बिघा जमिन बेच्न दिइएको थियो, कमिसन खाएर । छानबिन गर जेल जाऊ’, उनले भने, ‘हामीले कानुन बनाइदिएका हौं । अब उपरान्त कानुनसम्मत गर भनेर भनेका छौं । बनाइदिएका छौँ ।’

उनले नेकपा एमाले कमिसनका पछाडि हिँड्ने पार्टी नभएको र महान उद्देश्यका लागि हिँड्ने पार्टी भएको बताए । उनले ओम्नी प्रकरणबारे पत्रिका पढेर थाहा पाएको भन्दै आफूले अहिलेसम्म नदेखेको र सुनेको मात्रै जिकिर गरे ।

उनले भ्रष्ट र तस्करले उल्टै थर्काएको भन्दै सत्तामा भएकाहरू आफैंले सुन तस्करी गरेको आरोप लगाए । त्यसमा अरूको ध्यान नजाओस् भनेर केपी ओलीले पशुपतिमा सुन भनेर पित्तल चढाएको विषय निकालेको बताए ।

ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले ‘कू’ गर्दा आफ्नो पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पानी ट्यांकीमा पैसा लुकाएको भ्रम विरोधीहरूले फैलाएको दाबी गरे । ‘ज्ञानेन्द्र शाहले कू गरेको, ईश्वर पोखरेललाई थुन्दा पानीट्यांकीभरी पैसा लुकायो रे, कहाँ गयो त त्यो पैसा, ज्ञानेन्द्रकहाँ गयो कि कहाँ गयो ?,’ उनले भने, ‘ट्यांकीको पैसा हाजिर गर । फिर्ता गर ट्यांकीको पैसा कति थियो । ईश्वर पोखरेललाई थुन्दा ट्यांकीमा पैसा थियो भने त्यो पैसा कहाँ गयो ? पैसा त थियो होला नि त्यहाँ ?’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...