डेंगु संक्रमणको नाममा झुक्याएर धरानमा २४ घण्टे निषेधाज्ञा जारी

कारण भने हिन्दु समर्थकको शनिबार गर्ने प्रदर्शन रोक्नु नै हो

Dharan vanuchok

विराटनगर । स्थानीय प्रशासनले सुनसरीको धरानमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले आजबाट निषेधाज्ञा जारी गरेको हो ।

आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो ।

धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेका छन् । जसका कारण साम्प्रदायिक सदभावमा असर पर्न सक्ने भएकाले प्रशासनले निषेधाज्ञा जारी गरेको हो । र जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचनामा भने डेंगु नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार सूचना जारी गर्दै धरान उपमहागनर क्षेत्रभित्रका सबै वडाहरुमा सामाजिक, धार्मिक, राजनैतिक सभा, भेला र प्रदर्शन नगर्न आग्रह गरेका हुन् । तर अत्यावश्यक काम भने सुरक्षा निकायसँगको समन्वयमा गर्न सकिने सूचनामा उल्लेख छ ।

निषेधाज्ञा धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका -१ मा पर्ने झन्डा चोकदेखि धरानतर्फको क्षेत्र, पश्चिम दक्षिण रामधुनी नगरपालिका -६ बाट बराहक्षेत्र नपा -३ नडाहा चोकबाट धरानतर्फको क्षेत्रमा लागू हुनेछ । त्यस्तै इटहरी उपमहानगरपालिका -२० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र र धरान उपमहानगरपालिका -५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र तथा धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका -६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

उनले धरान प्रवेश तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको बताए । ती स्थानबाट प्रदर्शनमा आउने धरान प्रवेश गर्न दिएको छैन ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले निकालेको सूचनामा भने डेंगु संक्रमण बढिरहेको र जनस्वास्थ्य आपतकालीन् अवस्था क्षेत्र घोषणा गर्ने गरी सम्बन्धित निकायमा सिफारिस गरिएको स्थितिमा सभा सम्मेलन गर्न निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

हेर्नुहोस् सूचना :

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...