सुन काण्डमा महरालाई आपत, पदाधिकारी बैठकमै उठ्यो संलग्नताको कुरा

Krishna bahadur mahara

काठमाडौं । सुन काण्डमा जोडिएपछि नेकपा माओवादी केन्द्रका पार्टी उपाध्यक्ष कृष्णबहादुर महरालाई आपत परेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमै सुन काण्डबारे महराले स्पष्टिकरण दिनुपर्ने कुरा उठेपछि महरालाई आपत परेको हो ।

माओवादीले ९ किलो सुन भित्र्याउने समूहसँगको सम्बन्धबारे प्रष्ट पार्न उपाध्यक्ष महरालाई आग्रह गरेको छ । त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भित्र्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग उपाध्यक्ष महरा र उनका छोरा राहुलका निरन्तर सम्वाद भएको कल रेकर्डले देखाएको छ । तर उनीहरुलाई प्रहरीले सोधपुछसम्म नगरेपछि सरकारमाथि पनि प्रश्न उठेको छ ।

सुरुमा प्राप्त प्रमाणले महराको संलग्नता नदेखेको भए पनि अहिले कल डिटेल आएकाले अब महराले यसबारे प्रष्ट पार्नुपर्ने नेताहरुको जोड छ । एक क्विन्टल सुन काण्डमा मुछिएका चिनियाँ नागरिकसँग जोडेर प्रश्न उठेपछि उपमहासचिव वर्षमान पुनले स्पष्ट पारेको भन्दै एक नेता भन्छन्, ‘यसमा पनि पहिला त सम्बन्धित व्यक्ति (महरा) ले प्रष्ट पार्नुपर्‍यो भन्ने कुरा भएको छ ।’

सो बैठकमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले संसद अवरुद्ध गरेर सत्ता बाहिर बस्नुपर्दाको छटपटी प्रस्तुत गरेको बताए । प्रचण्डले अहिले सरकारले सबै पक्षलाई मिलाएर देशमा सुशासन स्थापना गराई छाड्ने बताए ।

‘एमाले र अध्यक्ष केपीजीलाई अहिले सत्ता बाहिर बस्नु परेकोमा पीडा भएको छ, यो एक किसिमको छटपटी हो,’ बैठकमा प्रचण्डले राखेको धारणा उद्धृत गर्दै एकजना पदाधिकारीले नेपालखबरसँग भने, ‘सरकारले इमान्दारीसाथ काम गरेको जनतालाई महसुस भइरहेको छ ।’

माओवादी केन्दका अध्यक्ष समेत रहेका प्रचण्डले निरन्तर संसद अवरुद्ध हुँदा जनताका समस्यामाथि छलफल गर्न नपाएको बताए । आइतबार मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकारलाई नालायक र अयोग्य भनेका थिए । यस्तो अयोग्य सरकारको नेतृत्वमा बसिरहनु भन्दा प्रचण्डले आफैं राजीनामा दिएर बाहिरिनु राम्रो हुने उनले बताएका थिए ।

ओलीले सुन तस्करी, ललिता निवास काण्डदेखि जनजीविकाका मुद्दा पनि सम्बोधन गर्न यो असफल भएको दाबी गरेका थिए । उनले आफ्ना मन्त्रीहरुलाई इमान्दारीपूर्वक काम गर्न सुझाव दिए । ‘देशका यावत समस्या समाधान हामीले नै गर्नुपर्छ, सबै मन्त्रीहरु त्यसमा दत्तचित्त भएर लाग्नुहोला,’ प्रधानमन्त्रीले भने ।

बैठकले पार्टीबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । अब उक्त मन्त्रालय जनमत पार्टीकी अनितादेवी साहलाई दिइने भएको छ । बैठकमा मोदी स्वयम् सहभागी थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...