पहिचान पक्षघरसँग वार्ता गर्न कोशी प्रदेश सरकार तयार

Udhab thapa

विराटनगर । कोशी प्रदेशको नामाकरणविरुद्ध जनजाति संघ संगठनहरुले आन्दोलन चर्कारहेका बेला कोशी प्रदेश सरकार आन्दोलनरत पक्षसँग वार्ता गर्न तयार देखिएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशको नामाकरणप्रति असन्तुष्टि जनाउँदै आएका आन्दोलनरत पक्षसँग वार्ता गर्न तयार रहेको बताएका छन् । उनले शुक्रबार वक्तव्य जारी गर्दै प्रदेशको नाममा प्रदेशवासीको अपनत्व हुनुपर्नेमा विवाद नरहेको बताएका छन् । ‘नामाकरणलाई लिएर देखिएको असन्तुष्टि र विरोधलाई वार्ता संवादको माध्यमबाट सम्बोधन गर्नु प्रदेश सरकार र प्रदेश सभाको कर्तव्य हो’, उनले भने, ‘प्रदेश सरकार यसमा दृष्ट र प्रष्ट छ ।’

प्रदेश सभामा रहेका दलहरुबीच सहमति कायम गर्दै प्रदेशको नाममा उठेका प्रश्न लगायतका समस्याको मसाधान गर्ने मुख्यमन्त्री थापाको प्रतिवद्धता छ । साथै यसमा सहयोग गर्न सबै दल र आन्दोलनरत पक्षलाई समेत उनले आग्रह गरेका छन् । साथै मुख्यमन्त्री थापाले आन्दोलनका क्रममा घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...