कृष्णबहादुर महरा भन्छन्, सुन तस्करीमा आफ्नो कुनै संलग्नता छैन, त्यो फोन नम्बर मेरो होइन

Krishna bahadur mahara

काठमाडौं । पछिल्ला समयमा विभिन्न प्रकरणहरुमा ठूला राजनीतिक दलहरुका शीर्ष नेताहरु धमाधम मुछिएका छन् । जसका कारण ठूला दलभित्रै खटपट पनि भइरहेका छन् ।

एक क्वीन्टल सुन तस्करी प्रकरणमा सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महरा मुछिएका छन् । तर, महराले सुन तस्करीमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् ।

पूर्वसभामुखसमेत रहेका माओवादी नेता महराका बाबु छोरालाई सुन तस्करीमा उन्मुक्ति दिइएको भनी सञ्चारमाध्यममा समाचार आइरहेका बेला महराले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेर महराले आफू त्यसमा संलग्न नरहेको जिकिर गरेका हुन् ।

यस क्रममा उनले सुन तस्करीका बिचौलियासँग फोन सम्पर्क गरेको भनी सञ्चारमाध्यममा सार्वजनिक फोन नम्बर आफ्नो नभएको स्पष्टीकरण पनि दिएका छन् । तर उनले आफ्ना छोरा राहुल महराका विषयमा भने केही बोलेका छैनन् ।

‘केही दिनयता सञ्चारमाध्यमबाट सुन प्रकरणमा मेरो नाम जोडिएर आइरहेको विषय यसअघि नै प्रस्ट पारिसकेको जानकारी गराउन चाहन्छु । फेरि पनि थप स्पष्ट गर्न चाहन्छु कि यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु’, महराले भनेका छन्,‘जहाँसम्म मैले फोन गरेको भनी मेरो नाम र उल्लेख गरिएको फोन नम्बर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रस्ट पार्न चाहन्छु ।’

साथै उनले सुन तस्करी प्रकरण अनुसन्धानमा आफूले पनि सघाउने वचन दिएका छन् । ‘साथै आवश्यक परे निष्पक्ष छानबिनमा सहयोग गर्ने प्रतिबद्धता जनाउँछु’, उनले भनेका छन्, ‘अनावश्यक भ्रममा नपर्न सबैमा हार्दिक आग्रह गर्दछु ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...