इन्जिनियरिङका विद्यार्थी नेपाल इको प्यानलमा

Eco pyanal news

काठमाडौं । आर्यन स्कुल अफ इन्जिनियरिङ मध्यवानेश्वर काठमाडौं नेपालमा इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुले सोमबार भक्तपुरस्थित एउटा निमार्ण सामाग्री उत्पादन कारखानामा पुगेर अध्ययन भ्रमण गरेका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्वन्धन प्राप्त कलेजका इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरुले नेपाल इको प्यानल चाँंगुनारायण झौखेल भक्तपुरस्थित कारखानामा पुगेर अध्ययन भ्रमण गरेका हुन् । सन् २०१० देखि व्याचुलर इन इन्जिनियरिङको पढाई सुरु गरेको कलेजका इन्जिनियर विद्यार्थीहरु पाठ्यक्रम अनुसार सिभिल इन्जिनियरिङ म्याटिरिअल्स विषयमा जानकारी लिन कारखाना पुगेका हुन् ।

कारखानामा पुगेका विद्यार्थी इन्जिनियरहरुलाई नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० इन्जिनियर कृष्णभक्त दुवालले नेपाल इको प्यानल निर्माणको विविध पक्षहरुकाबारेमा जानकारी गराएका थिए । नेपाल इको प्यानल पछिल्ला वर्षहरुमा देशैभरि लोकप्रिय निर्माण सामाग्रीको रुपमा आएको भन्दै यसको विविध कारणहरुबारे विद्यार्थीलाई जानकारी दिएका थिए । त्यस क्रममा विद्यार्थीलाई इको प्यानल अग्नी प्रतिरोधी निर्माण सामाग्री भएको प्रयोगात्मक रुपमा गरेर देखाइएको थियो । इको प्यानलमा मटितेल लगाएर आगो लगाउँंदा पनि नजल्ने निर्माण सामाग्री भएको भन्दै इको प्यानलमा आगो लगाएर पनि नबलेको सप्रमाण देखाइएको थियो ।

नेपाल इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । हलुका, भूकम्पप्रतिरोधी, तीव्र निर्माण सम्पन्न हुने, ढुवानीमा सहजता हुनेलगायतका कारण पछिल्ला वर्ष नेपाल इको प्यानल देशैभरि विभिन्न ठाउँंहरुमा डिलरमार्फत् विक्रीवितरित छन् । भ्रमणले विद्यार्थीमा प्रयोगात्मक ज्ञान वढेको विश्वास कलेजले गरेको छ । सल्लाघारी भक्तपुरमा कर्पोरेट कार्यालय रहेको नेपाल इको प्यानलको उत्पादन गर्ने कारखाना जिल्लाकै चाँंगुनारायण नगरपालिका झौखेलमा रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...