सुन तस्करी प्रकरण : कमलपोखरीस्थित व्यापारी अडुकियाको घरमा राजस्व अनुसन्धान विभागको छापा

Gold taskar bivag rastrabanl babarmahal

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पास भई बरामद भएको क्विन्टल सुन तस्करीको आशंकामा राजस्व अनुसन्धान विभागले व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा मारेको छ ।

पछिल्लो समय सुन तस्करीको सुन बरामद भन्दा केहीसमय अघि उनले हङकङ भारत र दुबईको शंकास्पद भ्रमण गरेका थिए । उनले शंकास्पद यात्रा गरेको देखिपछि विभागले अनुसन्धान अघि बढाएको थियो । त्यही क्रममा उनको कमलपोखरीस्थित निवासमा विभागले छापा मारेको हो ।

बुधबार नै तस्करीका संलग्न रहेको आशंकामा सुरेन्द्र तामाङ पक्राउ परेका छन् । विभाग स्रोतका अनुसार अडुकिया भने भागिसकेको आशंका छ । क्विन्टल सुन ल्याउने रेडी ट्रेडर्स नामको कम्पनी पनि अडुकियाकै योजनामा खोलिएको आशंका छ । यो विषयमा विभागले अनुसन्धान गरिरहेको छ ।

व्यापारी अडुकियाले पछिल्लो समय हङकङ, भारत र दुबईको भ्रमण गरेको अनुसन्धानबाट थाहा भएको छ । नेपालमा व्यापार व्यवसाय गर्दै आएका अडुकिया सेयर कारोबारमा पनि संलग्न छन् ।

यता, विभागले सोह्रखुट्टेबाट ‘ब्रेक शु’ लेखिएको ६६ वटा काटन पनि बरामद गरेको छ । बुधबार अपरान्ह राजस्व अनुसन्धान विभाग, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सोह्रखुट्टे नजिकै रहेको एक घरमा छापा मार्दा सो परिणाममा ‘ब्रेक शु’ फेला पारेको हो । उक्त गोदाममा छापा मार्दा भेटिएको उक्त सामान राजस्व अनुसन्धान विभागले लगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...