चुनावी खर्च विवरण नबुझाउने २४३५ जना उम्मेदवारलाई कारबाही, को को परे ?

Nirwachan aayog

काठमाडौं । निर्वाचन आयोगले तोकिएको समयभित्र चुनावी खर्च विवरण नबुझाउने २४ सय ३५ जना उम्मेदवारलाई कारबाही गरेको छ । त्यसमा नेपाली कांग्रेसका महामनत्री गगन थापादेखि पूर्व सभामुख ओनसरी घर्तीसम्म छन् ।

आयोगले गत वैशाख ४ गते निर्वाचन खर्चको विवरण सार्वजनिक गरी त्यसको जानकारी दिन सम्बन्धित उम्मेदवारलाई भनेको थियो । तर, आयोगले तोकेको समयमा खर्च विवररण नबुझाएपछि आयोगले गगन थापा, सोविता गौतम, राजन भट्टराई, शेरधन राई, गिरिराजमणि पोखरेल, महेन्द्रराय यादव, विजय गच्छदार लगायतलाई खर्च विवरण नबुझाएकोमा जरिवाना तोकेको छ ।

तर, तोकिएको समयभित्र निर्वाचन खर्च विवरण सार्वजनिक गरी जानकारी नगराएका उम्मेदवारहरुलाई निर्वाचन ऐन २०७३ को दफा ३१ को उपदफा ४ बमोजिम १५ हजार जरिवाना रकम तय गरिएको आयोगले जनाएको छ ।

आयोगले एक हजार ३७ जना प्रतिनिधिसभा सदस्यका उम्मेदवार र एक हजार ३९८ प्रदेश सभा सदस्यका उम्मेदवारलाई जनही १५ हजारका दरले जरिवाना हुने आयोगले ठहर गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कारबाहीमा पर्नेहरुमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, थापासँगै चुनावी प्रतिस्पर्धा गरेका एमाले नेता राजन भट्टराई, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, लोसपाकै नेता तथा वर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षमन्त्री शरद सिंह भण्डारी, नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवं हालका खानेपानी महिन्द्र राय यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सोविता गौतम, रास्वपाकै गणेश पराजुली लगायत छन् ।

परराष्ट्रमन्त्री एवं कांग्रेस नेता एनपी साउद, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, कांग्रेसकै उमकान्त चौधरी, स्वतन्त्र उम्मेदवार मिलन पाण्डे, अर्का स्वतन्त्र उम्मेदवार रञ्जु दर्शना, सुशासन पार्टीका अध्यक्ष रमेश खरेल लगायत कारबाहीमा परेका छन् । समयमै निर्वाचन खर्च विवरण नबुझाएका कारण पूर्व सभामुख ओनसरी घर्ती मगर पनि १५ हजार जरिवानामा परेकी छन् ।

आयोगले ७४ जना उम्मेदवारहरूसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । जसअन्तर्गत प्रतिनिधिसभा निर्वाचनका ३७ उम्मेदवार र प्रदेशसभा अन्तर्गत ३७ उम्मेदवारलाई स्पष्टीकरण सोधेको हो ।

 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...