एनआरएन अमेरिकाको सचिवमा इन्जिनियर विश्व सुवेदी उम्मेदवारी, जित्ने सुनिश्चित

Basu subedi usa

पेन्सलभेनिया (अमेरिका) । गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको सचिवमा प्रख्यात इन्जिनियर विश्व सुवेदी (बास बिस्सु) अमेरिकामा बस्ने नेपालीको साथ र समर्थनका साथ चुनावी मैदानमा होमिएका छन् । निर्वाचन आज हुँदै छ ।

सचिव पदमा उम्मेदवारी दिएका सुवेदी सन् २००३ देखि लस एन्जलस, क्यालिफोर्नियामा बस्दै आएका हुन् । उनी विगत १३ वर्षदेखि आईटी क्षेत्रमा काम गर्दै आएका छन् । ब्याच्लर र मास्टर्स दुवै क्यालिफोर्निया स्टेट युनिभर्सिटी लस एन्जलसमा गरेका थिए ।

लामो समयदेखि अमेरिकामा बस्दै आएका सुवेदी अमेरिकामा बसोबास गर्दै आएका नेपालीको सेवामा तल्लिन छन् । उनले कोरोना कहर र भुकम्पका बेला आपतमा परेका मानिसहरुलाई सहयोग गर्ने मनकारी पनि हुन् । सुवेदीले गोर्खाको तत्कालीन तान्दाङमा भुकम्पले भत्किएको विद्यालय भवनहरुको पुनः निर्माणमा निक्कै ठूलो योगदान दिएका थिए ।

अमेरिकामा विशेष गरी युवा वर्गलाई समेटेर हरेक वर्ष हुने नेपलिज अमेरिकन कन्भेन्सनको नेतृत्व सुवेदीले गर्दै आएका छन् । उनको एफ वान ग्रुपले विद्यार्थीहरुलाई छात्रवृति पनि दिँदै आएको थियो भने सुवेदी आफैँले २०७२ सालको भूकम्पमा नेपालमा करिब एक महिना राहत सामग्री बाढ्दै सहयोगका कामहरु गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...