भद्र घले सेवा सदनको संरचना आधा भत्काएपछि नभत्काउन सर्वाेच्चको अन्तरिक आदेश

Vadra ghale sadan vatkaudai mahanagar

काठमाडौं । काठमाडौं महानगरपालिका–१० देवीनगरमा रहेको भद्रकुमारी घले सेवा सदनका संरचना भत्काउन थालेपछि उच्च अदालत पाटनले तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

काठमाडौं महानगरपालिकाले भद्रकुमारी घले सेवा सदनका केही संरचनाहरु बुधबार नै डोजर चलाएर भत्काएको छ । बाँकी संरचना पनि भत्काउने बताउँदै आएको छ । तर महानगरपालिकाको कदमविरुद्ध निषेधाज्ञाको आदेश माग गर्दै सदनका तर्फबाट दिएको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश श्यामजी प्रधानको इजलासले संरचना नभत्काउन आदेश दिएको हो ।

अदालतले ८ साउनमा दुबै पक्षलाई छलफलमा बोलाएको छ । त्यसअघि सदनको घरजग्गामा क्षति पु¥याउने वा अतिक्रमण गर्ने काम नगर्नु नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...