कोशी किनारमा युवतीबीच ‘ग्याङ फाइट’, एक जना पक्राउ

Kutpit saptakoshi

धरान । सुनसरीको राजावसस्थित सप्तकोसी नदीको स्पर (नोज) माथि स्थानीय युवतीहरुबिच भएको सामूहिक कुटपिटमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत असार २९ गते भएको ‘ग्याङ फाइट’का क्रममा पाँच जना युवतीहरुले तीनजना युवतीहरुमाथि उफ्री उफ्री निर्घाट कुटपिट गरेका थिए । सो घटनामा १ जना पक्राउ परे पनि ४ जना फरार छन् ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजेश दत्तका अनुसार पक्राउ पर्नेमा बराहक्षेत्र १० प्रकाशपुरकी प्रतिमा लिम्बू छिन् । लिम्बूलाई अभद्र व्यवहार मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार फरार हुनेहरुमा वडा नं. ९ को १९ वर्षीय सञ्जिता राई, धररा टपन बस्ने १९ वर्षीय निहाङ राई, बराहक्षेत्र ८ सैनिक टोलकी १८ वर्षीय दुर्गा राई छन् । बराहक्षेत्र ८ कै विनिता उराउँको खोजी भइरहेको छ । फरारहरुको खोजी कार्य गरिरहेको प्रहरी निरीक्षक दत्तले जानकारी दिए ।

असार २९ गते शुक्रवार दिउँसो युवतीहरुबीच कुटपिट भएको थियो । कुटपिटमा बराहक्षेत्र ८ की १७ वर्षीय सन्ध्या परियार, १६ वर्षकी नवीना विश्वकर्मा र राजावासकी १९ मनिषा राईलाई पाँच जनाको समूहमा रहेका युवतीहरुले कुटपिट गरेका थिए ।

कुटपिटमा संलग्नहरुले आफ्नो पोल खोलिदिएको भन्दै सप्तकोसीको चिहानडाँडा नोजमा लात्ती र मुक्काले हिर्काएको भिडियो बनाएर पीडकहरुले नै सञ्जालमा हालेकाथिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...