फेरि रोकियो बञ्चरे डाँडामा फोहोर लैजान, जनप्रतिनिधि नै उत्रिए आन्दोलनमा

Fohor sisdol

काठमाडौं । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर बिसर्जन गर्न नदिने भन्दै ककनी गाउँपालिकाका स्थानीय र जनप्रतिनिधि आन्दोलनमा उत्रिएका छन् ।

नुवाकोटको ककनी र धादिङको धुनीबेंसीका बासिन्दाले काठमाडौंको फोहोर बिसर्जनमा रोक लगाएका छन् । यसअघि सरकार र काठमाडौं महानगरसँग भएका सहमति एक वर्ष हुँदा पनि कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर विसर्जन गर्न रोक लगाएका हुन् ।

सोमबार बिहानैदेखि ककनी गाउँपालिकाका ३ का वडाध्यक्ष घननाथ बजगाईं सहितको टोलीले बन्चरेडाँडा नजिकैको आलेटार क्षेत्रमा फोहोर बोकेर गएका उपत्यकाका गाडीहरुलाई अवरोध गरेका छन् । त्यहाँका स्थानीयवासी अव्यवस्थित ढंगबाट फोहोर बिसर्जन गर्दा झिँगा धेरै आउन थालेपछि आक्रोशित बनेको वडाध्यक्ष बजगाईंले बताए ।

केही दिनअघि ककनी गाउँपालिकाले फोहोर बोकेर आउने गाडीहरुलाई प्रवेश शुल्क लिने निर्णय गरेको थियो । तर स्थानीयले शुल्क भन्दा नागरिकको स्वास्थ्य महत्त्वपूर्ण भन्दै फोहोर विसर्जन गर्न नदिने अडान लिएपछि अहिले जनप्रतिनिधिहरू नै फोहोर विसर्जन गर्न नदिने भन्दै आन्दोलनमा उत्रिएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...