घट्यो खाना पकाउने ग्याससहित इन्धनको मुल्य, अब पेट्रोलको मुल्य १६४ रुपैयाँ पर्ने

Petrol mulya

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँले घटाएको हो ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित प्रणाली लागू गरेको छ । परल मूल्यमा डिजेलमा दुई प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत राखेर स्वचालित बिक्री प्रणाली लागू गरेको हो । आज नेपाल आयल निगमले पत्रकार सम्मेलन नै गरेर स्वचालित प्रणाली लागू गरेको जानाकारी गराएको छ । जसको कार्यान्वयन आजदेखि नै सुरु समेत गरेको छ ।

निगमको बोर्ड बैटकले स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको हो । निमगका अनुसार आज बसेको निगमको बोर्ड बैठकले स्वचालित मूल्य बिक्री सम्बन्धी कार्यविधी–२०८० पास गरेको हो । आजको निर्णय अनुसार १२ बजे रातिबाट लागू हुने गरि पेट्रोलको मूल्य ४ रुपैयाँ घटाएको छ ।

अब काठमाडौंमा १६४ रुपैयाँमा पेट्रोल पाइने भएको हो । डिजेलको मूल्य ६ रुपैयाँ प्रति लिटरमा घटेको छ । जसअनुसार काठमाडौंमा १४६ रुपैयाँमा पाइने भएको हो । खाना पकाउने ग्यासमा १० रुपैयाँ घटेको छ । अब १७९० रुपैयाँमा ग्यास पाइने निगमले जानकारी दिएको छ ।

पेट्रोलको मूल्य अब उपत्यकामा प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ भने ठाउँअनुसार फरक फरक दर कायम भएको छ । डिजलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...