मेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु भेटघाटमा व्यस्त, एमसीसी परियोजना कार्यान्वयनप्रति खुसी

Donald lu oli

काठमाडौं । नेपाल भ्रमणमा रहेका दक्षिण र मध्य एसिया मामिला सम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालमा आफ्नो भेटघाटलाई तीव्र बनाएका छन् ।

लु एक दिने भ्रमणमा नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री लुले कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसँग भेट गरेका थिए ।

विभिन्न नेताहरुसँगको भेटमा लुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को परियोजना कार्यान्वयन हुँदै गरेको भन्दै सम्झौताका लागि धन्यवाद व्यक्त गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्दै लुले परियोजना कार्यान्वयनमा जान लागेको जानकारी गराएका थिए । भेटमा एमाले उपमहासचिव विष्णु रिमाल, एमाले विदेश विभागका प्रमुख भट्टराई र सचिव अन्जान शाक्य पनि सहभागी थिए ।

त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू भेट गरेका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा गएर पत्नी शोकमा रहेका प्रचण्ड र उनका परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...